
सिद्धार्थ बैंक-चम्पादेवी हिलसाइड रिसोर्ट सम्झौता, ग्राहकलाई २०% सम्म छुट



काठमाडौँ । सिद्धार्थ बैंक र चम्पादेवी हिलसाइड रिसोर्ट प्रालिबीच ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ ।
सम्झौतापछि दक्षिणकालीमा रहेको चम्पादेबी हिलसाइड रिसोर्टमा ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
एसबीएलएनपीएल टिकट होल्डर्सका लागि चम्पादेवी हिलसाइड रिसोर्टसँगको सहकार्यअन्तर्गत एसबीएलएनपीएल सिजन–२ सम्म लागू हुने विशेष छुट अफर उपलब्ध गराइएको बैंकले बताएको छ । एसबीएलएनपीएल टिकट होल्डर्सले आफ्नो टिकट देखाई भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौताले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान प्रेरित गर्ने विश्वास बैंकको छ ।

