
११ वाणिज्य बैंकको लाभांश घोषणा



काठमाडौं। बैंक तथा वित्तिय संस्थाहरुले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट धमाधम लाभांश घोषणा गरीरहेको छन् ।
यसमध्ये हालसम्म नेप्सेमा सूचिकृत ११ वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् भने ७ वटाको लाभांश घोषणा हुन बाँकी छ ।
सबैभन्दा बढी लाभांश दिने बाणिज्य बैंकमा एभरेष्ट बैंक लिमिटेड रहेको छ । एभरेष्ट बैंकले ६ प्रतिशत बोनस र ११ प्रतिशत नगद गरी जम्मा २० प्रतिशत लाभांश प्रस्ताव पारित गरिसकेकाे छ ।
यस्तै दोस्रोमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश घाेषणा गरेकाे छ भने कृषि विकास बैंकले ३.२५ प्रतिशत बोनस र ९.७५ प्रतिशत नगद गरी १३ प्रतिशत लाभांश दिनेछ ।
यस्तै सिद्धार्थ बैंक र लक्ष्मी सन्राइज बैंकले १०.५३ प्रतिशत लांभांश दिने घाेषणा गरेका छन् । गत वर्षको मुनाफाबाट सिद्धार्थ बैंकले ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद दिने घोषणा गरेको छ भने लक्ष्मी सन्राइज बैंकले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद दिने घोषणा गरेको हो।
यस्तै एनएमबी बैंकले ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी १० प्रतिशत, नेपाल एसबीआई बैंकले ४ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी ९ प्रतिशत, ग्लोबल आईएमई बैंकले ८ प्रतिशत नगद, माछापुच्छ्रे बैंकले ४ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी ८ प्रतिशत लाभांश घोषणा गरेका छन्।
यता सानिमा बैंकले ७.३७ प्रतिशत नगल लाभांश दिने घाेषणा गरेकाे छ भने सबैभन्दा कम सिटिजन्स बैंकले ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद लाभांश गरेर कुल ५.२६ प्रतिशत लाभांश दिएको छ।
यता कुमारी बैंकले भने लाभांश नदिने घोषणा गरिसकेको छ भने बाँकी ७ वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी छ ।
७ वटामध्ये नबिल र प्रभु बैंकले मात्रै लाभांश दिन सक्ने देखिएको छ । गत आवको वित्तीय रिपोर्ट अनुसार नबिल बैंकले १७.६४ प्रतिशतसम्म लाभांश दिन सक्छ भने प्रभुले ४.४४ प्रतिशत लाभांश दिन सक्छ।
लाभांश दिन नसक्ने बैंकहरुमा हिमालयन, नेपाल बैंक, एनआईसी एसिया, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम बैंक रहेका छन् ।


