
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन



काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन रहेको छ । १ मंसिरमा निर्वाचन प्रयोजनका लागि दल दर्ता खुलेको थियो ।
मंगलबारसम्म ८० वटा दलले दल दर्ता गरिसकेका छन् । आजसम्म दल दर्ता गर्ने दलले आगामी फागुन २१ मा हुने चुनावमा भाग लिन पाउँछन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार आगामी ६ माघमा उम्मेदवारको मनोनयन पत्र दर्ताको समय छ ।

