
सिंहदरबार गेट अगाडि प्रदर्शनमा मिराज ढुंगाना नेतृत्वको जेनजी समूह



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी पुस्ताको ज्ञापन पत्र बुझाउने समय नदिएको भन्दै मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले सिंहदरबार गेट नजिक प्रदर्शन गरेको छ।
समूहले प्रधानमन्त्रीसँग आफ्नो मागको सम्बन्धमा संवाद गर्न नसक्दा निराशा व्यक्त गर्दै सरकारप्रति गम्भीर प्रश्न उठाएको छ। प्रदर्शनका क्रममा समूह र प्रहरीले सिंहदरबार प्रवेश गर्ने क्रममा केही धकेलाधकेल भएको पनि देखियो।
प्रदर्शनपछि सञ्चारकर्मीसँग कुरा गर्दै ढुंगानाले वर्तमान सरकार जेनजी पुस्ताका मागप्रति उदासीन रहेको आरोप लगाए। उनले भने, ‘हामीले सुशासन र अधिकारका लागि आवाज उठाएका छौं, तर प्रधानमन्त्रीले हाम्रो माग पूरा नगरी केवल निर्वाण र जिकिरमात्र गरिरहनु भएको छ।’

