
जेन्जी भन्दै अवरोध हुने स्थानमै एमाले प्रतिकार गर्न तयार रहेको नेता बस्नेतको दाबी



काठमाडौं । आज लामो समयदेखि देशको राजधानी काठमाडौंमा एमाले नेता कार्यकर्ताहरु एक साथ हुल बाँधेर उत्रिएका छन् । केही दिन अघि मात्रै एमाले सरकारमा हुँदा जेन्जी युवाहरुले एमाले कांग्रेसको सत्ता गठबन्धलाई कायापट पारेको थियो । त्यो पनि अकस्मात र केही घण्टा भित्रै ।
अहिले राजनैतीक आउँनमा फेरी अर्को माहोल देखिएको छ । एमाले सरकारमा हुँदा जेन्जीहरु सडकमा आफ्ना माग लिएका उत्रिएका थिए । अहिले जेन्जीकै सरकार रहेको बेलामा एमालेले भोलिन्टीयर फोर्स को घोषणा गर्ने जनाएको छ ।
त्यस्तो फोर्स अकारण हुने कुनै पनि किसिमका अवरोध, आगाडी, हत्या हिंसा विरुद्ध एमालेले डटेर लाग्ने भन्ने खडा गरिएको जनाइएको छ । असुरक्षा बढेको भन्दै टोल टोलमा एमालेको स्वयम सेवकहरु खटाइने पार्टीले सुनाइरहेको छ ।
आज मंसिर ५ गते एमालेका नेता कार्यकर्ताहरुले राजधानीस्थित कार्की व्यांक्वेटमा यूथ भोलिन्टर्सहरुलाई एकसाथ जम्मा गर्ने भनेसँगै मातिघरमा ठिक यही बेलामा घाइते जेन्जी यूवाहरु समेत जम्मा भएर प्रदर्शन गरि रहेको अवस्था छ ।

