
एसियन डिस्ट्रीब्युटर्सको व्यापार सुधारको गतिमा



काठमाडौं । एसियन डिस्ट्रीब्युटर्स प्राइभेट लिमिटेडको व्यापारमा उल्लेख्य सुधार देखिएको बेलामा कम्पनीले गत आर्थिक वर्षमा करिब पौने २ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको तथ्यांकमा देखिन्छ।
यता, कम्पनीले व्यापार अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा बढेको छ। अघिल्लो आर्थिक वर्ष १ अर्ब ४१ करोड ५० लाख रुपैयाँको व्यापार गरेको यस कम्पनीले गत आवमा १ अर्ब ७५ करोड रुपैयाँको व्यापार गरेको छ ।
सन् २०२३ मा यस कम्पनीले १ अर्ब २५ करोड रुपैयाँको व्यापार गरेको यस कम्पनीले सन् २०२२ १ अर्ब ४९ करोड रुपैयाँको व्यापार गरेको थियो । यसैगरी, सन् २०२१ मा १ अर्ब २१ करोड ७० लाख व्यापार गरेको थियो ।
यस कम्पनीले दीर्घकालीन र अल्पकालीन गरेर १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाको लागि ११ करोड रुपैयाँ र अल्पकालीन कर्जाको लागि १ अर्ब २० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले यस कम्पनीको दीर्घकालीन ऋणलाई ‘इक्राएनपी त्रिपल बी माइनस’ लाई पुनः पुष्टि गरेको छ। यस्तै, इक्रा नेपालले कम्पनीको अत्पकालीन कर्जालाई ‘इक्राएनपी आईसीआरए एनपी ए थ्री’ रेटिङ कायम राखेको छ ।
सन् २०११ मा स्थापना भएको कम्पनीले फास्ट मुभिङ कन्जुमर गुड्स आयात गरी व्यापार गर्दै आएको छ । कम्पनीले विशेषगरी निभिया, म्याकभिटिज, ग्लुकोन डी, क्याभीन केर, पेप्सीको, सुगर फ्रि गोल्ड र अन्य ब्रान्डका वस्तु आयात गरी नेपाली बजारमा कारोबार गर्दै आएको छ ।

