
सातामा कारोबारको अन्तिम दिन ०.९३ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक ०.९३ अंकले घटेर परिसूचक २५६०.१५ बिन्दुमा पुगेको छ ।
यता, कारोबारमा होटल, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र ट्रेडिङ समूहको उपसूचक बढेको छ बेलामा अरु समूहको उपसूचक राताम्मे हुन पुगेका छन् ।
बिहीबार सेयर बजारमा ३ सय २८ कम्पनीको १ करोड ४ लाख ४९ हजार २९६ कित्ता सेयर ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार २९९ रुपैयाँमा कारोबार भएको छ । सोही कारोबारमा विभिन्न ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको बेलामा त्यस्तो कम्पनी धौलागिरी लघुवित्त, बन्दिपुर केवलकार, झापा इनर्जी, सागर डिस्ट्रिलरी रहेका छन् ।

