
सेयर बजारमा सामान्य गिरावट



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ४.९८ अंकले घटेर परिसूचक २५६१.०८ बिन्दु कायम भएको छ ।
३३८ कम्पनीको ८३ लाख ८८ हजार ३७३ कित्ता सेयर ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ रुपैयाँमा कारोबार भएको छ । कारोबारमा होटल, उत्पादन तथा प्रशोधन, ट्रेडिङ समूहको उपसूचमा सामान्य सुधार देखिएको छ ।


