
श्रमिकको ज्याला ४.४८ प्रतिशतले बढ्यो



काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्ममा नेपालमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्क ४.४८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो दर ३.३१ प्रतिशतमा सीमित थियो।
प्रदेशअनुसार कोशी प्रदेशमा तलब तथा ज्यालामा १.१२ प्रतिशत, मधेशमा ३.६२ प्रतिशत, बागमतीमा ४.१६ प्रतिशत, गण्डकीमा ९.४२ प्रतिशत, लुम्बिनीमा ६.६८ प्रतिशत, कर्णालीमा १.३६ प्रतिशत र सुदूरपश्चिममा ५.६२ प्रतिशतले वृद्धि भएको छ।

