
बढ्यो डिजेल पेट्रोलको मूल्य



काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढेको सूचना जारी गरेको छ ।
सोही सूचनाका अनुसार आज शनिबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर २ र डिजेल मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढेको जनाइएको हो।
त्यस्तै, अहिले भारतबाट पेट्रोलमा २.५४ रुपैयाँले र डिजेलमा ६.५३ रुपैयाँले बढेर आएकोले बताइएको छ ।


