
ललितपुरस्थित स्वीजरल्याण्ड दुताबासभित्र चितुवा, जीवितै उद्वार

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका– १३ स्थित स्वीस दूतावासबाट चितुवाको उद्धार गरिएको छ। मंगलबार बिहान दूतावासको प्राङ्गणभित्र भसेको चितुवाको उद्धार गरिएको हो।
नेपाल प्रहरी जावलाखेल र सातदोबाटो, डिभिजन वन कार्यालय ललितपुरको समन्वयमा चितुवाको उद्धार गरिएको थियो । दूतावासभित्र चितुवा पसेपछि त्यहाँका कर्मचारी लगायत वरपरका मानिसहरु त्रसित बनेका थिए ।


