
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा विनोद नरसिंह श्रेष्ठ नियुक्त

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ। कम्पनीको कात्तिक २३ गते दिउँसो बसेको सञ्चालक समितिको ३९औँ बैठकको निर्णयअनुसार हाल रिक्त रहेको स्वतन्त्र सञ्चालकको पदमा विनोद नरसिंह श्रेष्ठलाई नियुक्त गरिएको हो।
श्रेष्ठलाई सञ्चालक समितिको निर्णयले कम्पनीको नियमावली र बीमा प्राधिकरणका प्रावधानअनुसार स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।


