
आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । आज कात्तिक २४ गते आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि भोलि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउन सक्नेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। यो निर्णय पारित गर्न मंसिर १२ गते बुटवलस्थित वेष्टर्न एशियन होटल प्रा.लि. मा बिहान साढे ९ बजेदेखि १२औं वार्षिक साधारणसभा बस्दैछ।


