
जिली इएक्स–५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय पुरस्कार बटुल्दै

काठमाडौँ । जिली अटो ग्रुपले पूर्णत विद्युतीय एसयूभी जेली इएक्स ५ को २ लाख १० हजार युनिट बिक्री कायम गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यो उपलब्धिले जिली इएक्स ५ लाई आफ्नो वर्गको सबैभन्दा सफल नयाँ विद्युतीय सवारीहरूमध्ये एकको रूपमा स्थापित गरेको छ ।
उत्पादक देश चीनमा जिली इएक्स ५ ले आम उपभोक्ताको मन जित्दै सार्वजनिक भएको करिब सात महिनामै १ लाख युनिटभन्दा बढी बिक्री वितरण गर्न सफल भएको थियो। थाइल्यान्ड, इन्डोनेसिया, अस्ट्रेलिया, न्यूजिल्यान्ड, केही युरोपेली देशहरू र ल्याटिन अमेरिकी क्षेत्रहरू सहित हाल यो मोडल २६ देशहरूमा उपलब्ध छ । जेली अटोले सन् २०२५ को पहिलो छ महिनामा विश्वभरी १४ लाख सवारीसाधन बिक्री गरी अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतको बृद्धि हासिल गरेको छ ।
यो उपलब्धी सँगै कम्पनीले आफ्नो वार्षिक बिक्री लक्ष्यलाई २० लाख ७१ हजार यूनिटबाट बढाएर ३० लाख युनिट पु¥याएको घोषणा गरेको छ । २ लाख १० हजार भन्दा बढी विश्वव्यापी बिक्रीलाई कम्पनीले आफ्ना ग्राहकहरूको विश्वास र लेजीको विश्वस्तरीय विद्युतीय सवारी उत्पादन क्षमताको प्रमाणको रुपमा लिएको बताएको छ ।
आगामी वर्षहरूमा जेली अटोले ब्राजिल, पोल्यान्ड, बेलायत, इटाली र हङकङ जस्ता प्रमुख बजारहरूमा आफ्नो उपस्थिति अझ विस्तार गर्ने र नयाँ ऊर्जा सवारी उत्पादन सञ्जाललाई तीव्र गतिमा अघि बढाउने योजना बनाएको छ ।
नेपालमा हालै बिक्री वितरण सुरू गरिएको यही मोडेल जिली इएक्सले पनि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । ग्राहक तथा विद्युतीय गाडीप्रेमीहरूले स्वस्फूर्त रूपमा टेस्ट ड्राइभ र बुकिङ गर्न थालेका छन्। बढ्दो चासो र मागका कारण, नेपालका लागि जिली इएक्स ५ को आधिकारिक आयातकर्ता एलआरआर मोटर्स्ले देशैभर डिलरशिप विस्तार गर्ने योजना सार्वजनिक गरिसकेको छ ।
अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार थाप्दै जिली इएक्स ५
जिली इएक्स ५ले विश्वस्तरको सुरक्षा र डिजाइनमा नयाँ मापदण्ड स्थापित गरेको छ । यसले सन् २०२५ मा यूरो एनसीएपी र एनसीएपी दुबैबाट फाइभ–स्टार सुरक्षा रेटिङ्ग प्राप्त गरेको छ । जिलीको अत्याधुनिक जीईए प्लेटफर्ममा आधारित ईएक्स ५ को अधिक मजबुत शरीर संरचना ऊर्जा–शोषण डिजाइनले गाडीको ठक्कारमा पनि उच्च सुरक्षा प्रदान गर्छ ।
हरेक इएक्स ५ मोडेलमा ७ वटा एयरब्याग, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, एडप्टीभ क्रुज कन्ट्रोल, ल्यान्ड किपिङ एसिस्ट, ब्लाइन्ड स्पट डिटेक्सन, र ३६०° क्यामेरा प्रणाली जस्ता अत्याधुनिक सुरक्षा सुविधाहरू समाविष्ट छन् ।
यि विशेषताहरुको कारण जिली इएक्स ५ ले सन् २०२५ को प्रतिष्ठित रेड नट डिजाइन् अवार्ड पाएको छ । जसले यसको सुन्दर डिजाइन, एरोडाइनामिक बनावट र स्मार्ट इन्टेरियरलाई सम्मानित गरेको हो। यी उपलब्धिहरूले जिली अटोको विश्वस्तरको नवप्रवर्तन, प्रदर्शन र सुरक्षाप्रतिको प्रतिबद्धतालाई पुनःपुष्टि गरेको छ ।


