
प्रिओपन सेसनमा नेप्से १.७५ अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा बुधबार नेप्से परिसूचक साढे १ अंकले बढेको छ।
मंगलबार २७.६४ अंक घटेर २५९५.२४ विन्दुमा बन्द भएको छ । आव सो सेसनमा १.७५ अंक बढेर २५९६.९९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२५ अंक बढेको छ।
आज प्रिओपन सेसनमा ४३ स्टकको ५१ पटकको कारोबारमा ८ लाख २३ हजार ९८९ रुपैयाँबराबरको ९७० कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। तीन स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।


