 
 
 
पेट्रोलको मूल्य यथावत हुँदा डिजेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो
 
			
				 
                 
                                                                    
                                                                
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य यथावत राखेको नै छ ।
डिजेल र मट्टितेलको मूल्य प्रति लिटर एक रुपैयाँले घटाइएको छ । नयाँ मूल्य आज राति १ बजेपछि लागू हुने निगमले जनाएको छ ।
आज बसेको सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलको मूल्य यथावत राखेको जनाएको छ ।
यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर १ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर ७ अमेरिकी डलरले बढाइएको निगमले जनाएको छ ।




 
                                                                     
                                                                    