


प्रभु बैंक र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाबीच विशेष छुट सम्झौता




काठमाडौं । प्रभु बैंक र आरम्भ चौतारी लघुवित्त वित्तिया संस्थाबीच सम्झौता भएको छ ।
लघुवित्तमा कार्यरत कर्मचारीलाई सुविधा सम्पन्न बैकिङ्ख सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
आरम्भ चौतारी लघुवित्त वित्तिया संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवाली र प्रभु बैंकका सेन्ट्रल बिजनेश सेन्टरका प्रमुख लेख बहादुर पुनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता पश्चात आरम्भ चौतारी लघुवित्त वित्तिया संस्थामा कार्यरत कर्मचारीहरुले उत्कृष्ट बैकिङ्ख सेवा प्रयोग गर्ने विश्वास बैंकको रहेको जनाएको छ ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा बैंक अफ द इयर २०२३, प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डको साथै हालसालै युरो मनी अवार्ड नेपाल बेस्ट डिजिटल बैंक फर एसएमईको –२०२५ अवार्डबाट सम्मानित भएको छ ।
बैंकको नेपालभरका ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा दिँदै आएको जनाएको छ ।