


एनआईसी एशिया बैंकले घटायो ब्याजदर, कुन खातामा कति?




काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले असोज महीनाको तुलनामा कात्तिक महीनाका लागि निक्षेपको ब्याजदर घटाएको छ।
बैंकले कात्तिक महीनाका लागि व्यक्तिगत निक्षेपमा तीन महीनादेखि माथि र छ महीनाभन्दा मुनिको अवधिको लागि २.७५ प्रतिशत, छ महीनादेखि माथि १२ महीनाभन्दा मुनिका लागि ३ प्रतिशत, १२ महीनाका लागि ३.३० प्रतिशत, १२ देखि २४ महीनाका लागि ३.५० प्रतिशत, २४ देखिमाथि ६० महीनाभन्दा मुनिका लागि ४ प्रतिशत र ६० महीनादेखि माथिका लागि ५.७५ प्रतिशत ब्याजदर कायम गरेको छ।
संस्थागत तर्फ भने छ महीनादेखि ३६ महीनासम्मका लाग २.७५ प्रतिशत, ३६ महीनादेखि माथि ६० महीनाभन्दा मुनिका लागि ३ प्रतिशत र ६० महीनादेखि माथिको अवधिका लाग ४.५० प्रतिशत ब्याजदर कायम गरेको छ। बैंकले साथि बचत खातामा ३.२५ प्रतिशत र अन्य बचत खातामा २.७५ प्रतिशत ब्याजदर कायम गरेको छ।
बैंकले असोज महीनाका लागि व्यक्तिगत निक्षेपमा अधिकतम ६ प्रतिशत र संस्थागत निक्षेपमा अधिकतम ५ प्रतिशत ब्याजदर कायम गरेको थियो। बचत खातामा भने समान २.७५ प्रतिशत ब्याजदर तोकेको थियो।