


मञ्जुश्री फाइनान्स १९औँ वर्षमा प्रवेश




काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेड १९औँ वर्षमा प्रवेश गरेको छ । फाइनान्सले सहयात्राको १८औँ वर्ष सफलतापूर्वक पार गर्दै १९औँ वर्षमा प्रवेश गरेको हो । वार्षिकोत्सवका अवसरमा फाइनान्सले ग्राहक, शुभेच्छुक, सेयरधनी, नियमनकारी निकाय तथा सम्पूर्ण कर्मचारीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
ग्राहकको अटुट साथ र विश्वासले नै यो यात्रा सम्भव भएको र सहयात्राको सम्बन्ध नै आफ्नो सबैभन्दा ठुलो पुँजी रहेको फाइनान्सको भनाइ छ । हालसम्म २३ अर्ब निक्षेप संकलन गरी १९।२ अर्ब कर्जा परिचालन गरेको यस फाइनान्सले २७ ओटा शाखाबाट सेवा दिइरहेको छ ।