


गरिमा विकास बैंकको लाभांश घोषणा




काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
बैंकको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको निर्णय गरेको हो।
उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।