


सुनको मूल्यमा नयाँ रेकर्ड, सोमबार प्रतितोला कति ?




काठमाडौँ । आज सोमबार सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । सुन तोलामा २ हजार ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँ पुगेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २२० रुपैयाँमा पुगेको छ ।