


ग्लोबल आइएमई लघुवित्तमा कर्मचारी माग




काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ।
कम्पनीले विभागीय प्रमुख/सहायक (सूचना प्रविधि), विभागीय प्रमुख/सहायक (व्यवस्थापन/तालिम), प्रदेश प्रमुख/अनुगमन अधिकृत, शाखा प्रमुख र फिल्ड सहायक पदमा कर्मचारी माग गरेको हो।
तोकिएको योग्यता पूरा भएका इच्छुक व्यक्तिहरूले कात्तिक ९ गतेभित्र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, बायोडाटा र नागरिकता, शैक्षिक योेग्यता लगायत आवश्यक प्रमाणपत्रहरूको प्रतिलिपि सहित कम्पनीको वेबसाइट मार्फत आवेदन दिनु पर्नेछ।
परीक्षा लिखित, प्रयोगात्मक र अन्तर्वार्ता मध्ये कुनै वा सबै लिन सकिने कम्पनीले जनाएको छ। साथै सवारी चालक अनुमति पत्र भएकालाई प्राथमिकता दिइने पनि सूचनामा उल्लेख गरिएको छ।