


५० अर्ब खिच्दै राष्ट्र बैंक




काठमाडौं । बैंकिङ प्रणालीबाट केन्द्रिय बैंकले ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । त्यसरी बजारमा देखिएको अधिक तरलताका कारण सो रकम खिच्न लागिएको जनाइएको हो ।
यता, सोही नेपाल राष्ट्र बैंकलेले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्न लागेको हो भने ७ दिने निक्षेप संकलन उपकरणको कात्तिक २ गते साँवा तथा ब्याज भुक्तानी गर्ने राष्ट्र बैंकले बताएको अवस्था छ ।
साथै, बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुनेछ एवम् राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने जनाइएको बेलामा सो निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने बताइएको हो ।
बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने भएका हुन् ।