


ग्लोबल आइएमई बैंकको नगद लाभांश घोषणा




काठमाडौं । नेपालमा विभिन्न बैंक मध्ये अब्बल रहेको र अनेकौ सूचकमा रेकर्ड नै स्थापित गर्न सफल ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । सो बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो।
यता बैंकले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतका दरले नगद लाभांश कर प्रयोजनार्थ सहित वितरण गर्ने घोषणा गरेको बेलामा असोज २५ गते बसेको बैंकको सञ्चालक समितिको ४५९औं बैठकले सो दरमा नै लाभांश वितरण गर्ने निर्णय गरेको हो।
साथै, नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा नगद लाभांश वितरण गरिने जनाइएको हो ।