


आज सानिमा बैंकको नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन




काठमाडौं । आज असोज २६ गते सानिमा बैंक लिमिटेडको नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
यस बैंकको कात्तिक २ गते बस्न लागेको २१ औं वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ भोलि असोज २७ गते बुक क्लोज हुँदैछ।
बैंकले चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको निर्णय गरिसकेको छ। साथै २ अर्ब रुपैयाँ बराबरको ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।