


कामना सेवा विकास बैंकको अध्यक्षमा दोहोरिय आचार्य




काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा सुदिप आचार्य दोहोरिएका छन् । उनलाई बैंकको हिजो सम्पन्न १९ औं वार्षिक साधारणसभासँगै सञ्चालक समितिको ४०१ औं बैठकबाट अध्यक्षमा छनोट गरेको हो।
यससँगै कामना सेवा विकास बैंकमा आगामी चार वर्षको लागि संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएको बैंकले जनाएको हो ।