


नेपाल राष्ट्र बैंकले बढायो सुन आयातको सीमा




काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा बढाएको छ। राष्ट्र बैंकले शुक्रबार एक परिपत्र जारी गर्दै सुन आयातको कोटा २० किलोबाट बढाएर अब दैनिक २५ किलो ल्याउन पाउने व्यवस्था गरेको हो ।
केन्द्रीय बैंकले विदेशी विनियम कारोबार गर्ने निकायका लागि जारी एकीकृत परिपत्र २०८१ मा संशोधन गर्दै सुन आयातको सीमा बढाएको हो।