


नयाँ कर्मचारीले जीवन बीमा कोषमा नपुग रकम राख्नु पर्नेमा नागरिक लगानी कोष




काठमाडौं । नागरिक लगानी कोषले नयाँ नियुक्त कर्मचारी लक्षित एक निर्णय गरेको छ । त्यस्तो निर्णय अनुसार अब आर्थिक वर्षमै नपुग बिमा ‘प्रिमियम’बापतको रकम आफू कार्यरत कार्यालयमार्फत कोषमा एकमुष्ट जम्मा गरी अर्को आर्थिक वर्षदेखि बिमा सुनिश्चित गर्न हुने बताइएको हो।
त्यस्तै, सोही कोषले त्यसरी जम्मा नभएको अवस्थामा बिमा प्रिमियम रकम नपुगुञ्जेलसम्म बिमा नहुने कोषले खुलाएको छ । सोही कोषले बिमा कोष सञ्चालन कार्यविधि, २०७५ बमोजिम राष्ट्रिय बिमा संस्थानमा बिमा रकम पठाई राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बिमा कोष सञ्चालन गर्दै आइरहे बताइएको हो ।