


एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन




काठमाडौं । एसवाई प्यानल नेपाल कम्पनीले जारी गरेको आईपीओमा आजसम्म आवेदन दिन मिल्ने जनाइएको छ। यता, आयोजना प्रभावित स्थानीयले आज कार्यालय समयसम्म मात्रै आईपीओमा आवेदन दिन पाउने बेलामा कम्पनीले आयोजना प्रभावितका लागि असोज ७ गते आईपीओ निष्कासन गरेको हो।
त्यस्तै, कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्काशन गर्न लागेको र सो मध्ये २ प्रतिशत भन्नाले २ करोड ६१ लाख ६२ हजार ७०० रुपैयाँको २ लाख ६१ हजार ६२९ कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानियका लागि निष्काशन गरेको तथा उद्योग प्रभावित स्थानीयमा चितवन जिल्ला रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाका स्थानियले आवेदन दिन पाउने बताइएको हो।
साथै, आईपीओमा न्यूनतम १० देखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने बेलामा कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल तोकिएको जनाइएको हो।