


राष्ट्र बैंकले ९० अर्ब खिच्दै




काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ९० अर्ब रुपैयाँ खिच्ने जनाएको छ । एनआरबीले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ खिच्न लागेको बेलामा १२ दिने निक्षेप संकलन उपकरणको कात्तिक २ गते साँवा तथा ब्याज भुक्तानी गर्ने भएको हो।
यता, बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुनेछ । राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने भन्दै त्यस्तो निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने बताइएको छ।
साथै, निक्षेप संकलनको बोलकबोल ब्याजदरमा हुनेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने तथा निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने जनाइएको हो ।