


सिटिजन्स बैंकले लाभांश घोषणा, बोनस र नगद कति ?




काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । आज बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश दिने घोषणा गरेको हो ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।