


हिमालयन बैंकको चाबहिलमा रहेको शाखा बालुवाटारमा सारियो




काठमाडौं । हिमालयन बैंकले नजिक रहेका शाखा सञ्जाललाई व्यवस्थित गर्ने क्रममा चाबहिल–२ शाखालाई स्थानान्तरण गरी बालुवाटारमा सञ्चालनमा ल्याएको छ।
काठमाडौं महानगरपालिका–२, एन एल कम्प्लेक्स, बालुवाटारस्थित नयाँ शाखाबाट असोज २ गतेदेखि ‘बालुवाटार शाखा’ नामबाट सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराइने बैंकले जनाएको छ। नयाँ शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले गरे।
बैंकले १ सय ७४ शाखा कार्यालय, २० वटा विस्तारित काउन्टर, २ सय ८६ एटिएम, ८ हजारभन्दा बढी पस मेसिनमार्फत सेवा दिँदै आएको छ।