

गरिमा विकास बैंकले बिक्रीमा राख्यो २.१२ लाख कित्ता शेयर




काठमाडौं । गरिमा विकास बैंकले २ लाख १२ हजार कित्ता शेयर बिक्री गर्ने भएको छ।
सोही शेयरको बिक्री प्रयोजनका लागि बैंकले संस्थापक समूहको २ लाख १२ हजार ८३४।६५ कित्ता शेयरको बिक्री खुलाएको हो।
बैंकका अनुसार विद्यमान संस्थापक शेयरधनीबाहेक इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन् भने सर्वसाधारणले सोही शेयरमा १५ दिनभित्र खरिदका लागि निवेदन दिनुपर्ने बताइएको छ ।