

अरुण भ्याली हाइड्रोपावरले ८.४१ प्रतिशत लाभांश वितरण गर्ने




काठमाडौं । आगामी साधारण सभाबाट अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश बाढ्ने भएको छ । उसले सोही लाभांश घोषणा गरेको हो।
यता, असोज १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीका लागि लाभांश घोषणा गरेको जनाइएको छ। सोही कम्पनीले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश बाढ्ने निर्णय गरेको छ।
साथै, उक्त जलविद्युत कम्पनीले घोषणा गरेको लाभांश विद्युत नियमन आयोगले स्वीकृत गरेर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुले हात पार्ने छन् ।