

एक्कासी सेयर बजारले देखाएको अनौठौ हर्कतले, अधिकांश लगानीकर्ताहरु ‘सक’




काठमाडौं । करिब एक साता जसो बन्द भएको सेयर बजार आज बिहीबार एक्कासी खुल्दा उसले केही बेरमा नै अंकगणीयत चमत्कार देखायो । भनाईको मतलब अब बजार के होला भनेर पर्ख र हेरको अवस्थामा रहेका लाखौ लगानीकर्ताहरु अचम्ममा परे ।
कारण केही होइन, सातामा सेयर कारोबार हुने अन्तिम दिन आज सेयर बजारमा ६ प्रतिशतले नकारात्मक सर्किट लाग्न पुग्यो। त्यसरी नेप्से परिसूचकमा ६ प्रतिशतले नकारात्मक सर्किट लागेसँगै कारोबार सुरु भएको केही बेरमा नै बजार बन्द भएको हो।
सेयर बजारले आफ्नो कारोबार सुरु गरेको केही बेर यानकी २ मिनेटमा नै परिसूचकमा ठूलो हलचल आउन सुरु गर्यो । त्यस्तो परिसूचक ४ प्रतिशतले घट्दा २० मिनेट कारोबार रोक्का नै गरिएको थियो। फेरी २० मिनेटपछि पुनः खुलेको बजारमा ५ प्रतिशतले घट्दा अर्को ४० मिनेटलाई सेयर कारोबार रोक्कियो।
यस्तो बेलामा आउने साता बजारले कस्तो टर्न लिने हो भन्ने विषयले अधिकांश लगानीकर्तामा कौतुहलता जगाएको छ । आज बिहीबार बजार १६०.३३ अंकले घटेर परिसूचक २५११.९१ बिन्दु कायम भएको बेलाम कारोबारमा ९ कम्पनीको सेयर मूल्य बढ्न पुग्यो । त्यस्तै, सोही बेलामा २ सय १७ कम्पनीको सेयर मूल्य घटेको हो।
कहिले बैशाखमा बजार बढ्छ, त कहिले नयाँ आर्थिक वर्षको सुरुवातमा बजार बढ्छ भन्दै विगत केही समय यता बजारम ग्रिन सिग्नल कुरेका लगानीकर्ताहरुमा फेरी आगामी साता सेयर बजारले कस्तो रुप लिने हो भन्ने विषय एकाएक खट्किन पुगेको हो ।