

असोज २१ गतेदेखि उच्च अदालत पाटनको सुनुवाई सुरु हुने




काठमाडौं । हाल उत्पन्न भएको असहज परिस्थितीमा रोक्किएको उच्च अदालत पाटनको नियमित सुनुवाई यही असोज २१ गतेबाट सुरु हुने भएको छ । अदालतले सोही विषयमा केन्द्रित रहेर एक सूचना समेत जारी गरेको हो ।
उक्त सूचनामा पत्रमा विद्यमान असहज परिस्थितीका कारण गत भदौ २४ गते मंगलबारदेखि हालसम्म अदालतको सुनुवाई सुरु हुन नसकेको जनाइएको छ । नियमित सुनुवाईको काम कारबाहीका लागि अदालतले त्यस्तो निर्णय गरेको जनाइएको छ ।
सो सूचना शाखा अधिकृत पार्वती हितानले जारी गरेको अवस्था छ ।
यस्तो छ पत्र :