

वीरगञ्ज भन्सार कार्यालयले संकलन गर्यो २ महिनामा ३९ अर्ब १५ करोड राजस्व




वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख राजस्व संकलन गरेको छ ।
भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई रु ४३ अर्ब तीन करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकामा सो अवधिमा लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व संकलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा विषम परिस्थितिमा पनि राजस्व संकलन उत्साहजनक भएको बताए ।
‘साउनमा १८ अर्ब ४४ करोड राजस्व संकलन भएको थियो’ उनले भने, ‘भदौमा मासिक लक्ष्यको ९३ दशमलव ९७ प्रतिशत राजस्व संकलन गरेका छौँ ।’
वीरगञ्ज भन्सार कार्यालयले भदौ १२ गते एकै दिनमा दुई अर्ब ३७ करोड राजस्व संकलन गरेको छ । त्यस्तै गरी भदौ १७ गते एक खर्ब ९२ करोड राजस्व सङ्कलन गरेको छ । त्यस्तै भदौ २८ गते एक अर्ब ७१ करोड र भदौ ३१ गते भने रु एक अर्ब ११ करोड राजस्व संकलन गरेको छ । त्यस्तै जेनजीको प्रदर्शनका दिन भदौ २४ गते तीन करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यस्तै भदौ २६ गते छ करोड र भदौ २७ गते भने ११ करोड राजस्व संकलन भएको कार्यालयले जनाएको छ । कार्यालयले साउन महिनामा १८ अर्ब ४४ करोड राजस्व संकलन ग¥यो भने भदौ महिनामा भने २० अर्ब १२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।