

सामाजिक सुरक्षा कोषले थप्यो रकम डिपोजिटको अवधि




काठमाडौं । सामाजिक सुरक्षा कोषले आफ्ना डिपोजिटरहरुलाई लक्षित गर्दै केही लचिलो कदम चालेको छ । उसले साउन महिनाको योगदान रकम जम्मा समय बढाएको हो ।
उक्त विषयमा बोल्दै सामाजिक सुरक्षा केषका कार्यकारी निर्देशक कविराज अधिकारीले पछिल्लो विषम अवस्थालाई आफुहरुले मध्यनजर गर्दै योगदानकर्ताहरुको सहजताको लागि समय थप गरेको सुनाए ।
उनले सोही विषयमा आफूहरुले सूचना समेत जारी गरेको बताएका छन्।
अब साउन महिनाको योगदान वापतको रकम तिर्ने योगदानकर्ताहरुले यही ५ असोजसम्म तिर्न मिल्ने भएको छ । यससँगै सामाजिक सुरक्षा कोषमा आवद्ध रोजगारदाता तथा योगदानकर्ताले रकम जम्मा गर्न मिल्ने जनाइएको हो ।