

कामना सेवा विकास बैंकले बोलायो साधारण सभा




काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश पारित गर्न बार्षिक साधारणसभा बोलाएको छ ।
बैंकले असोज २४ गते १९औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले सभा बोलाएको हो ।
बैंकले १० प्रतिशत बोनस सेयर र करसहित ५.७८९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
बैंकले सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट ३ जनासहित ६ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव लैजाने छ ।
सभा बोलाएको बैंकले असोज ८ गते एक दिन बुकक्लोज गर्ने भएको छ । असोज ७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।