
बानेश्वरमा जेनजी प्रदर्शनकारी : प्रधानमन्त्रीको राजीनामा माग्दै

काठमाडौं। हिजो अप्रिय घटना घटेसँगै अहिले प्रशासनले काठमाडौंका विभिन्न स्थानमा कर्फु लगाएको छ । सोही बेलामा बानेश्वरस्थित सिभिल अस्पताल अगाडि जम्मा भएका जेनजी प्रदर्शनकारीले अब प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा दिनुपर्ने एजेण्डा अघि सारेका हुन्।
सोही प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिइसेका छन् । त्यो पनि नैतिकताको आधारमा । अहिले भने जेन जी समूहले गृहमन्त्रीको मात्र नभई प्रधानमन्त्रीको समेत राजीनामा चाहिले अडान अघि सारेका छन् ।
सरकारको चौतर्फी आलोचना भइरहेको बेलामा उनीहरुले नालायक प्रधानमन्त्री राजिनामा दे, भष्ट्राचार गर्न पाइदैन, करको पैसाले मोज नगर, विद्यार्थी मार्न पाइदैन लगायतका नारा समेत लगायका छन् ।
यद्यपी सोही स्थानमा जारी रहेको कडा कर्फु आदेश विपरीत युवाहरु आफ्नो हक र अधिकार माग्दै दोस्रो दिन समेत आन्दोलनमा होमिएका हुन् ।
आन्दोलनमा १९ जनाको मृत्यु हुँदा देशभरबाट करिब साढे ३ सय जना घाइते छन् ।


