
काठमाडौं । भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी जेनजीहरूले संसद् भवनको पर्खाल भत्काएका छन्। प्रदर्शनकारीहरूले रेलिङको फलाम निकालेर पर्खालमा भ्वाङ पारेका छन्।
आज दिउँसो १२:३० बजेदेखि कर्फ्यू लागू भए पनि प्रदर्शनकारीले त्यसको अवज्ञा गरेका छन्। घटनास्थलमा स्थिति नियन्त्रण गर्न सेना सडकमा खटाइएको छ।