

पक्राउ परे बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू




काठमाडौं । बैंकिङ कसूर मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने ६१ वर्षीया विमला अधिकारी, काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने पर्सा वीरगंज महानगरपालिका-१५ घर भएका ६० वर्षीय महमद जौवाद अंसारी र काठमाडौं महानगरपालिका-८ बानियाँटार बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-३ घर भएका ४४ वर्षीय माधव पण्डित रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २०८२ भदौ १३ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेकी विमलालाई काठमाडौं गौरीघाटबाट बिहीबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा फरार रहेका महमदलाई काठमाडौं कुलेश्वरबाट र माधवलाई काठमाडौं बालाजु चोकबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ मध्ये विमलालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त सिंहदरबार र माधवलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने महमदलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।