

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा आवेदन दिन सुरु




काठमाडौं । नेपाली बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका खुलाएको आवदेनमा धमाधम प्रतिस्पर्धीहरु मैदानमा होमिन थालेका छन् । सोही पदमा एक जना पूर्व सचिवसहित आधा दर्जन भन्दा बढि जना आकांक्षीहरुले आवेदन दिएका हुन्।
यता, सरकारले गठन गरेको नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले यही भदौं १४ गते शनिबार ७ दिने सूचना जारी गरेको थियो । शुक्रबार तीन बजे अन्तिम समय भएपनि अर्थमन्त्रालयमा भने अझै आवेदन लिन तयारी अवस्थामा कर्मचारीहरु बसिरहेको बेलामा कार्यालय समय सकिएपछि पनि आवेदन कुरेर बसकोले आवेदन दर्ता प्रक्रिया केही नौलो देखिएको छ।
त्यस्तै, बिक्रान्त पाण्डे, पूर्व सचिव महेश्वर न्यौपानेले आवेदन दिएका छन् । हाल सोही आवेदनको विषयसँगै नेपाली बीमा क्षेत्रको मुख्य नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्ष को बन्ने हो भन्ने विषयले बीमा क्षेत्रमा एउटा कौतुहलता जगाएको छ।