
नेप्सेको अध्यक्ष बने हेमन्त बस्याल



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएको अवस्था छ । बस्याललाई मन्त्रीस्तरीय निर्णयले तीन वर्षे कार्यकालको लागि अध्यक्षमा नियुक्त गरेको हो ।
यता, नेपाल स्टक एक्सचेन्ज लामो समयदेखि अध्यक्षविहीन अवस्थामा रहेको थियो । शोभाकान्त पौडेल सहसचिवबाट सचिवमा बढुवा भएसँगै नेप्सेमा अध्यक्ष नियुक्त गरिएको थिएन ।
त्यस्नै, बस्याल एसअघि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सीईओ थिए भने उनले त्यसबाट राजिनामा दिएका व्यक्ती हुन् ।

