

एभरेष्ट बैंकले २० प्रतिशत लाभांश दिने




काठमाडौं । एभरेष्ट बैंकले आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ ।
बैंकको आज बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आवको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश घोषण गरेको हो ।
यता, बैंकले बोनस सेयर ६ प्रतिशत र कर सहित १४ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।
बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने बताइएको छ ।