

WhatsApp सेवा बन्द, Skill Sewa ले ल्यायो आफ्नै “SkillSewa” एप – अब सञ्चार हुनेछ अझ सरल र व्यवस्थित




नेपाल सरकारको हालैको निर्णयअनुसार, नेपालभर प्रयोग हुँदै आएको WhatsApp सेवा तत्काल प्रभावबाट बन्द गरिएको छ। यस निर्णयका कारण सर्वसाधारण नागरिकदेखि व्यवसायिक क्षेत्रसम्मका प्रयोगकर्ताहरूले सञ्चारमा असुविधा अनुभव गर्ने सम्भावना रहेको छ।
यस परिस्थितिलाई मध्यनजर गर्दै, Skill Sewa Pvt. Ltd. ले आफ्नै आधिकारिक मोबाइल एप “SkillSewa” सार्वजनिक गरेको छ। यस एपमार्फत ग्राहक तथा सरोकारवालाबीच आवश्यक सम्पर्क र सूचना आदान–प्रदान सहज, व्यवस्थित र अविच्छिन्न रूपमा हुने सुनिश्चित गरिएको छ।
SkillSewa एपका प्रमुख सुविधाहरू:
- घरबेटी डायरी (Gharbeti Diary): भाडामा लगाइएका घर वा कोठाका सम्पूर्ण विवरण डिजिटल रूपमा सुरक्षित राख्ने सुविधा।
- रेन्ट एग्रीमेन्ट (Rent Agreement): कानूनी मान्यतासहित भाडा सम्झौता तयार गर्ने सुविधा।
- मार्केट रेट अपडेट (Market Rate Updates): निर्माण सामग्री, मर्मत तथा घर निर्माणको बजार मूल्य नियमित अपडेट।
- होम लोन क्यालकुलेटर
- रिल्स फिचर (Reels Features): मनोरञ्जनात्मक तथा जानकारीमूलक छोटा भिडियो सामग्री हेर्न र सिर्जना गर्न सकिने सुविधा।
- निर्माण तथा मर्मत सेवामा प्रत्यक्ष पहुँच।
- कम्पनीका ताजा सूचना, गतिविधि र घोषणा तुरुन्तै प्राप्त गर्ने सुविधा।
- ग्राहक समर्थन र प्रत्यक्ष संवाद प्रणाली।
सबै प्रयेगकर्तालाइ अनुरोध गर्दछौँ कि:
SkillSewa एप तुरुन्तै डाउनलोड गरी दैनिक प्रयोगमा ल्याउनुहोस्।
सम्पूर्ण सूचना, सेवा अपडेट तथा विज्ञप्तिहरू अब यसै एपमार्फत उपलब्ध हुनेछ।
साथै, Skill Sewa का आगामी गतिविधि, समाचार र सूचना TikTok मार्फत पनि अवगत गराइनेछ।
प्ले स्टोरको लागिः
https://play.google.com/store/apps/details?id=com.anonymous.telegramapp&pcampaignid=web_share
एप स्टोरको लागिः
https://apps.apple.com/np/app/skillsewa-cbb821/id6746805655
Skill Sewa Pvt. Ltd. को स्थापना कालदेखि नै ग्राहकलाई गुणस्तरीय निर्माण, सुरक्षित मर्मत तथा प्रभावकारी समाधान प्रदान गर्ने मूल ध्येय रहेको छ। हाम्रो विश्वास छ कि यस नयाँ एपको प्रयोगले सम्पर्क अझ प्राविधिक, आधुनिक र विश्वसनीय हुनेछ।