

एलआइसीले विश्व कृतिमान हात पार्न सफल




काठमाडौं । भारतीय सरकारी बीमा कम्पनी एलआइसीले २४ घण्टामा सबैभन्दा धेरै जीवन बीमा पोलिसीहरू बेचेर गिनिज वल्र्ड रेकर्ड कायम राख्न सफल भएको छ। कहिले विश्वकै तेस्रो बलियो (बीमा ब्रान्ड ब्रान्ड फाइनान्स, २०२५) त कहिले टप पोलिसी सेलरको रुपमा नाम कमाउने एलआइसी आफैमा एक बलियो संजाल भएको बीमा कम्पनी हो । जहाँ बीमा एजेन्टहरुले बीमा पोलिसी बेच्न आफ्नो तन र मन समर्पित गर्दछन् कम्पनीले गत २० जनवरी २०२५ मा उक्त रेकर्ड बनाएर ऐतिहासिक उपलब्धि हात पारेको हो । एक विज्ञप्तिमा भनिएको छ त्यस दिन ४,५२,८३९ बीमा एजेन्टले ५,८८,१०७ बीमा पोलिसीहरू बेच्न सफल भएका थिए ।
उक्त अभूतपूर्व प्रयासले विश्वव्यापी २४ घण्टाको अवधिमा जीवन बीमा जगतमा एजेन्टको उत्पादकताको नयाँ विश्वव्यापी बेन्चमार्क स्थापना गर्यो । एउटा बीमा एजेन्टले आफ्नो उत्पादकतत्व कसरी बढाउने ? यहाँ क्लीक गर्नुहोस् ।
कसरी सम्भव भयो विश्वकृतिमान ?
यो रेकर्ड प्रयास एलआईसीका सीइयो र एमडी सिद्घार्थ मोहन्तीको विचारशील पहलको परिणति थियो । “म्याड मिलियन डे” नाम दिइएको उक्त दिन जनवरी २०, २०२५ मा प्रत्येक एजेन्टलाई कम्तीमा पनि एउटा पोलिसी बेच्न अपिल गरिएको थियो । खासमा १० लाख पोलिसी बेच्ने महत्त्वाकांक्षी योजना भए पनि त्यसको आधाभन्दा बढी बेच्न सक्नु त्यो पनि २४ घण्टामा त्यसलाई नै ठूलो उपलब्धी मानिएका छ ।
उक्त कृतिमानपछि एमडी सिद्धार्थ मोहन्तीले के भने ?
अप्रिल २०२३ मा एलाइसिको प्रमुखको रुपमा पद सम्हालेका मोहन्तीले जुन ७, २०२५ मा आफ्नो कार्यकाल पूरा गरेका हुन् । कीर्तिमानी पछिको विज्ञप्तिमा उनले भनेका छन् – यो हाम्रा एजेन्टहरूको अथक समर्पण, सीप, प्रयास र नैतिकताले सम्भव भएको हो । यो उपलब्धिले हामी हाम्रो लक्ष्य अनुरुप हाम्रो ग्राहकहरू र उनीहरूका परिवारहरुलाई वित्तीय सुरक्षा प्रदान गर्न प्रतिबद्ध छौ भन्ने कुरा प्रमाणित गर्छ । विज्ञप्तिमा उनले सबै बीमा खरिदकर्ताहरू एजेन्टहरू र कर्मचारीलाई त्यो ऐतिहासिक दिनको हिस्सा बनेकोमा धन्यवाद पनि ज्ञापन गरे ।
(हाल एलआईसीका प्रमुख आर दोराइस्वामी १४ जुलाई, २०२५ बाट कार्यरहत छन् भने भारत सरकारको स्वामित्वमा रहेको एलआइसीको नेपालमा रहेको अग्रणी जीवन बीमा संस्था एलआइसी नेपालमा पनि ५५ प्रतिशत लगानी रहेको छ । )