

आइपीओ निष्कासन तयारीमा रहेको श्री डिष्टिलरीको व्यापार साढे २३ करोड




काठमाडौं । आइपीओ निष्कासन तयारीमा रहेको श्री डिष्टिलरी लिमिटेडले सन् २०२५ मा २३ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीको व्यापार अघिल्लो वर्ष (सन्२०२४) को भन्दा बढेको हो।
सन् २०२४ मा यस कम्पनीले १८ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यसैगरी, यस कम्पनीले सन् २०२३ मा यसले ८ करोड २० लाख र सन् २०२२ मा ३० लाख रुपैयाँ व्यापार गरेको थियो ।
अप्रिल ६, सन् १९८६ मा स्थापना भएको श्री डिस्टिलरी सन् २०२२ को जुलाईमा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो । यो अरुणखोला, नवलपुरमा अवस्थित छ । कम्पनीसँग ४८ लाख ६० हजार लिटरको कुल स्थापित उत्पादन क्षमता छ ।
यसले माउन्ट एभरेष्ट र गोर्खाली रमको टेड्रमार्क एक प्रमुख सम्पति हो । यस कम्पनीले हाल (साउन २०८२ सम्म) ७० युपि र ५० युपि सेग्मेन्टमा मात्र मदिरा उत्पादन गर्दै आएको छ। साथै, यसलाई वार्षिक ८,००० किलोलीटरसम्म स्पिरिट उत्पादन गर्ने अनुमति पाएको छ ।