


दशैंका लागि भदौ २९ देखि सुकिला नोट साट्न सकिने




काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ र सुकिला नोट भदौ २९ गतदेखि असोज १० गतेसम्म साट्न सकिने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले सूचना प्रकाशित गर्दै सर्वसाधारणलगायत विभिन्न संघ-संस्थालाई बैंकिङ कारोबार गर्दा सुकिला नोट सटही गर्ने व्यवस्था गर्न सक्ने जनाएको छ ।
नयाँ तथा सुकिला नोट प्रदेशस्थित कार्यालयहरु विराटनर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी शाखाबाट सटही गर्न सकिने छ ।
यस्तै इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाबाट सुकिला नोट साटन सकिने छ ।