

मेटलाइफले ३ नयाँ स्थान पर्सा, कावासोती र दमौलीमा बीमा पहुँच विस्तार




मेटलाइफले गत हप्तामा पर्सा, कावासोती र दमौलीमा तीन नयाँ एजेन्सी अफिस उद्घाटन गरेको छ, जसले हजारौं घर परिवारलाई विश्वासिलो वित्तीय परामर्श र बीमा सेवामा अझ सजिलो पहुँच उपलब्ध गराउनेछ । जीवन बीमा वित्तीय सुरक्षाका लागि झन् आवश्यक बन्दै गएको बेला, मेटलाइफ नेपालले परिवार र व्यवसायहरुलाई थप सुरक्षा सहज बनाउन सार्थक कदमहरू चालिरहेको छ ।
नेपालका विभिन्न क्षेत्रहरूमा बीमा सेवाहरूको पहुँच विस्तार गर्र्दैै, मेटलाइफले अझ धेरै परिवारलाई सुरक्षित भविष्यको योजना बनाउन, प्रियजनलाई सुरक्षित राख्न, र जीवनका अनिश्चितताविरुद्ध वित्तीय प्रतिरोधात्मक क्षमता बलियो बनाउन सुनिश्चित गर्न खोजेको छ । नयाँ अफिसहरूले बीमा सेवा मात्र प्रदान गर्ने छैनन्, यसले स्थानीय रोजगारका अवसर पनि सिर्जना गर्नेछ र वित्तीय सुरक्षा क्षेत्रमा अर्थपूर्ण करियर बनाउन मानिसहरूलाई सक्षम पार्नेछ ।
यस अवसरमा, मेटलाइफ नेपालका जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले भन्नुभयोः“पर्सा, कावासोती र दमौलीमा हाम्रो ढोका खोल्नु केवल सञ्जाल विस्तार मात्र होइन — यो बीमा सुरक्षालाई मानिसहरूको दैनिक जीवनमा नजिक ल्याउने हाम्रो संकल्प हो । यहाँ उपस्थित रहँदा, हामी मानिसहरुले वित्तीय सुरक्षा पाउन टाढा यात्रा गर्न वा लामो समय पर्खिनु नपरोस्, र वहाँहरूले अब मनको शान्ति र दीर्घकालीन वित्तीय सुरक्षा प्राप्त गर्न सकून् भन्ने सुनिश्चित गर्न चाहन्छौं ।”
मेटलाइफको बारेमा
MetLife, Inc. (NYSE: MET), आफ्ना सहायक र सम्बद्घ संस्थाहरु सहित (“MetLife”) वित्तीय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरु मध्येको बीमा, एन्युटी (Annuities), कर्मचारी लाभ योजनाहरु र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई अझ सुनिश्चित भविश्य निर्माण गर्न मद्घत गरिरहेको एक प्रमुख वित्तीय सेवा प्रदायक कम्पनी हो । सन् १८६८ मा स्थापित भएको] MetLife विश्वभर ४० भन्दा बढि बजारहरुमा संचालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ । थप जानकारी का लागि, कृपया www.metlife.com हेर्नु होस् ।
मेटलाइफ नेपालको बारेमा
MetLife, Inc को सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रुपमाMetLife सन् २००१ देखि नेपालमा संचालन भइरहेको छ । नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउदै आइरहेको छ । थप जानकारी का लागि, कृपया www.metlife.com.np हेर्नु होस वा ९७७ –१–५९७०१६६ मा फोन गर्नुहोस ।